बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा त्रिपक्ष भिडन्तमा रहेको छ ।
नजिकीदैरहेको निर्वाचनमा गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट पहिलो पटक महिला मेयरका लागि मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह चुनावी युद्धमा छन् ।
जिल्ला र केन्द्रसम्मकम नेता र कार्यकर्ताहरु गठबन्धनको जित भनिरहेका छन् भने एमालेले किल्ला बनाउने भन्दै आइरहेको अवस्थामा राप्रपा पनि जनताले खोजेको नेतृत्व गर्ने भन्दै होमिएको छ ।
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयर एमालेबाट सुमित्रा काफ्ले उपमेयर राप्रपाबाट इन्दिरा न्यौपाने उपमेयरका रुपमा छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धनले निर्वाचित भएमा गरिने कार्ययोजनाको प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।
अघिल्ला चुनावी परिणामलाई नै आधार बनाएर तीन पटक सम्म हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमालेले यसपालिपनि आफ्नै किल्ला हुने दावी गरेको छ ।
गठबन्धनले अध्यक्ष केपी ओली नेतृत्व एमाललाई हराउने भन्दैे हेटौंडा उपमहानगरमा एकजुट भएर नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा अवद्ध व्यक्तीहरु घरघरमा पुगेका छन् ।
गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना कुमारी लामाले उपमेयर भएर काम गरेको ५ वर्षको अनुभवलाई प्रयोग गरेर देखेका बुझेका उममहानगरबासी र नगरको हरेक समस्या समाधान गरि समृद्ध नगर बनाउन उम्मेदवारी रहेको बताउछिन् ।
हेटौंडालाई समृद्ध नगर बनाउने हाम्रो रहर भन्ने मूल नारा सहित सुन्दर शहर बनाउन गठबन्धनको जित आवश्यक रहेको लामाको भनाई छ ।
लामा भन्छिन् “जित पछि फराकिलो सडक बनाउने विषयमा सरोकारवालासंग समन्वय गरेर उपमहानगर वासीको चाहाना अनुसार चित्त बुझाएर नै काम गर्छौं । हरेक घरमा १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण, न्यूनतम विद्युत् पनि निःशुल्क वितरण, सबै वडामा तहमा स्वास्थ्यचौकी निर्माण गरेर डाक्टर सहितको स्वास्थ्य उपचार सेवा, शिक्षमा अध्ययनका लागि छात्रवृत्ति, लगायतका निर्माण गर्ने योजना छ ।”
एमाले पक्षका नेता, कार्यकर्ता र उम्मेदवारहरु आफ्नो पार्टी जनताको काम गर्ने विश्वासीलो र बलियो भएका कारण हारको डरले सामना गर्ने शक्ती नभएका कारण गरेको भन्दै टिक्का टिप्पणी गरिरहेका छन् ।
हेटौंडामा भएका सबै विकास आफूहरुले गरेको र तीन कार्यकालसम्म जनताले काम देखेर का गर्छ भन्ने विश्वास गर्ने आधार बनाएकोले यसपटक पनि एमालेको जित पक्का भएको दाबी गरेका छन् ।
यसै विषयमा एमाले तर्फका मेयरका उम्मेदवार अनन्त पौडेलले सुन्दर शहरको रुपमा पणित गरि हेटौंडालाई देख्नासाथ सबैले आहा भन्ने गरि बिकास गरिने बताउछन् ।
पौडेल भन्छन् “सडक र पार्किङ व्यवस्थित गर्ने, हेटौंडा–१४ मा निर्माण हुन लागेको औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याई बसोबासीलाई रोजगार बनाउने र आर्थिक कमाईको बाटो बनाउने योजना गरिएको बताए ।स्वास्थ्य उपचार खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने, बालबालिका, युवा र महिला लक्षित गरि बिभिन्न कामकार्य योजना पनि सञ्चालन गर्ने प्रतिबद्धता छ ।”
राप्रपा तर्फबाट दीपकबहादुर सिंहले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु पनि विकास भएकाले भ्रष्टाचारमुक्त गर्छु भन्दै मेयर पदको उम्मेदवारीमा होमिएका हुन्।
उपमहानगरपालिका हुने गरेको भित्र भ्रष्टाचार न्युनीकरणको प्रयास गर्ने हेटौंडाका सडक बिस्तार गर्ने चक्रपथ बनाउने योजना रहेको सिंह बताउछन् ।
सिंह “भन्छन् उपमहानगरले विभिन्न बहानामा कर लिने गरेको र सो करमा करमा ५० प्रतिशतसम्म छुटल गर्ने वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाउछु । म मेयर भएपछि पाउने तलब भत्तामा पनि रकम थप गरेर विपन्न, असहायलाई वितरण गर्ने कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था लगायतका कामहरु गर्ने पुरा पहल गर्छु ।”
बैसाख ३० गते हुन गइरहेको निवार्चनमा आफुरुले जित हासील गर्ने बताइरहेपनि अहिले यो त्रिपक्ष भिडन्तमा को बन्ला मेयर ? भन्नु पर्ने अवस्था रहेको छ । नतिजा प्राप्त गर्न चुनाव सकिएपछि नतिजा नै कुर्नु बाहेक अरु बिकल्प छैन ।























प्रतिक्रिया दिनुहोस्