


रोशन दिप- नयाँ बर्ष ०७९,बैशाख १ गते दक्षिण भारतको बहुचर्चित चलचित्र केजीएफ– च्याप्टर २ प्रर्दशनको तयारीमा छ ।
बैशाख १ गते नयाँ वर्ष भएकाले पनि नेपाली चलचित्र नै चलाउन आफूले जोखिम उठाएको र रिलिज तोकेको निर्माता सुनिल कुमार थापा बताउछन् ।
यसैविच नेपाली चलचित्रकी अभिनेत्री झरना थापाले नयाँ बर्ष २०७९बैशाख १गते देशभरका सम्पूर्ण हलहरुमा ए मेरो हजुर ४ लिएर आउने जानकारी गराएकी छन् ।
मित्र डी गुरुङको सम्पादन झरना र स्वर्गीय छेतेन गुरुङको कथा रहेको चलचित्रमा झरना , छेतेन , मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।
झरनाको निर्देशन रहेको चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका चलचित्रमा सलोन बस्नेत रवि गिरी, निर्मल शर्मा गैँडा लगायतको अभिनय रहेको छ बैशाख १ गते भने प्रर्दशन गरिने बताएकी हुन् ।
उनले आफ्नो सम्पूर्ण नेपाली चलचित्रका दर्शकहरु, शुभचिन्तक, हितैषी,शुभेच्छुक, संचारकर्मी तथा सहयोगी मनहरुका कारण ए मेरो हजुर ४ लिएर आउन सकेको बताएकी हुन् ।
नेपाली चलचित्र “ए मेरो हजुर ४” लाई दर्शकहरुले माया गर्ने विश्वास रहेको निमार्ण पक्षको भनाई छ ।
केजीएफ–पहिलो च्याप्टर हेरिसकेका दर्शकहरुले पछिल्लो समयको कथाको पर्खाइमा रहेका दर्शकहरुले भने केजीएफ– च्याप्टर २ नै हेर्ने भनिरहेका छन् ।
प्रशान्त नीलद्वारा निर्देशित च्याप्टर २यश नै मुख्य भूमिकामा रहेको र बलिउड चर्चित अभिनेता सञ्जय दत्त विबलिउडकी अभिनेत्री रविना टण्डनको समेतको अभिनय रहेको हिन्दीमा डब गरिएको चलचित्र प्रर्दशन हुने भएको हो ।
उनले फेशवुक पेज मार्फत जानकारी गराउदै सम्पूर्णको सहयोगका कारण यो चौथो श्रृङखला ” ए मेरो हजुर ४” नयाँ बर्ष ०७९,बैशाख १ मै देशभरका सम्पूर्ण हलहरुमा प्रर्दशन गरिने घोषण गरेकी हुन् ।
देशमा भएको स्रोत, साधन,बजार र प्रबिधी अनुसार इमान्दारिताका साथ निर्माण गरेको चलचित्रको प्रर्दशनको मितिबाट पछि हट्न लागेको भनेपनि दर्शकलाई गरेको वाचा अनुसार रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि नहट्ने धाराण व्यक्त गरेकी हु्न् ।
सम्पूर्ण नेपाली दर्शकबृन्द,शुभचिन्तक, हितैषी,शुभेच्छुक, संचारकर्मी तथा सहयोगी मनहरुमा हार्दिक नमस्कार ।
हामी तपाईंहरु माझ तपाईहरुले नै मन पराएर सुपरहिट बनाउनु भएको चलचित्र `ए मेरो हजुर´ को चौथो श्रृङखला `ए मेरो हजुर-४´ लिएर पूर्वघोषित मिति अर्थात नयाँ बर्ष ०७९,बैशाख १/April 14 मै देशभरका सम्पूर्ण हलहरुमा आउदैछौ ।
हामीले हाम्रो पहिलो चलचित्र `धर्मसंकट´ देखि `गोर्खाली´,`ए मेरो हजुर´ `तक्दिर´ लगायत सबै चलचित्रमा यहांहरुको असीम माया, साथ र हौसला पाइरहेका छौ । तपाईहरु नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले `ए मेरो हजुर-४´ लाई पनि तपाईहरुको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ ।
कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाह पायौं । यसमा हामीलाई दु:ख लागेको छ । हामीले हामीसंग भएको स्रोत, साधन,बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ `ए मेरो हजुर-४´ निर्माण गरेका छौ । हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ। यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगीसकेको छ । हामी बैशाख १ मै दर्शकमाझ आउछौ ।
अहिले हामी बिदेशी चलचित्रसंग एक्लै लड्नु परेको छ, भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त ? यो तथ्यलाई बिचार गर्नु होला ।
बांकी फैसला..दर्शक रुपी भगवानको जिम्मामा..



प्रतिक्रिया दिनुहोस्