नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा होली मिलन कार्यक्रम गरिएको छ ।
सोही अवसरमा मकवानपुरे पत्रकारहरुले एक अर्कालाई रंग लगाईदिएर खुसी साटासाट गदै एकअर्कालाई शुभकामना दिदै रमाएका थिए ।
मकवानपुर शाखाको आयोजनामा मकवानपुरका पत्रकारह भेलाभई मनाइएको होली विशेष शुभकामना आदानप्रदानले रंगिन रङ्ग जस्तै बनाउन र आउदा दिनमा पनि सम्पुर्णमा खुसी भर्ने सन्देस जाओस् भन्ने सोच सहित आयोजना गरिएको मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले बताए ।
फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड मानिएको छ ।
यो पर्वले वसन्त ऋतुको आगमनको संकेत समेत गरेको भन्दै होलीको दिनमा मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । हिन्दू संस्कृति अनुसार त्रेता यूगमा हिरण्य कश्यपका पुत्र भक्त प्रल्लाहदलाई जलाएर मार्न आफ्नै बहिनीलाई हिरण्य कश्यपको आदेशमा उनकै बहिनी होलिकाले आफुले आगोमा लिएर भष्म पार्न लाग्दा आगोमा नजल्ने वरदान पाएकी होलिका आँफै आगोमा भष्म भएर बिष्णु भक्त प्रल्हादलाई केही नभएको मान्यता छ ।
होलिका भष्म भई भक्त प्रल्लाहाद जिवित भएपछि असत्यको हार र सत्यको जित भयो भन्दै त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
होली पर्वमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवतीका जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, नाच्दै रमाइलो गर्ने चलन छ ।
फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ भन्ने पनि गरिन्छ भने आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको प्रमूख अतिथ्यमा गरिएको होली मिलन कार्यक्रममा मकवानपुरमा रहेका बिभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
असत्यमाथि सत्यको विजयी भएको दिन भन्दै सोही खुसीमा होली पर्वपर्व मनाउने गरिएको धार्मीक मान्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्