हेटौंडा । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव सी र संयुक्त जेनजी आन्दोलनका अभियान्ताबीच ४ बुँदे सहमित भएको छ । बिहीबार माओवादीका महासचिव विप्लव र जेनजीका अभियान्ता मिराज ढुंगानाले जेनजी विद्रोह र त्यसपछिको देशको विषम परिस्थितिलाई मध्य नजर अर्काबीच ४ बुँदै सहमति गरेका हुन् ।
संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) विच सहमतिमा उनीहरुले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने सहमति गरेका छन् ।
जेनजी विद्रोहका मागहरु पुरा गर्न संघर्ष गर्ने,लआन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्नेगरी दुबै पक्षबीच सहमति भएको पत्रमा उल्लेख गरिएको छ ।
यस्तै, उनीहरुले बुँदामा समावेश गरिएको  मागहरु पुरा गर्न संयुक्त रुपले संघर्ष गर्ने बताएका छन् ।
रातो समाचार संवाददाता
थप जानकारी