हेटौंडा उपमहानगर १५ मा खानेपानी पाईप बिस्तार तथा तीन लाख लिटर बराबर क्षमतको खानेपानी ट्याङ्कीको शिलान्यास भएको छ ।
नेपाल सरकार संघीय खानेपानी तथा व्यवस्थापन आयोजना, हेटौडा उपमहानगरपालिका र हेटौडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा खानेपानी टंकी, मेन तथा शाखा पाईप लाइन बिस्तार र बिधूतीकरण कार्य सूू गरिएको वडनध्यक्ष सुनिल मुक्तानले बताए ।

उनले बताए अनुसार १० करोड बराबर बजेट प्राप्त भई प्रक्रिया अगाडी बढिसकेको हो भने हेटौडा १५ भोर्लेमा ६ लाख लिटरको खानेपानी टंकी निर्माण तथा पाईप लाइन बिस्तार कार्य गरिएको हो ।

वडा -१५ का अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कामर्यक्रममा हेटौंडा खानेपानी बोडका अध्यक्ष प्रताप बिष्ट, जनप्रतिनिधि, टोल विकास समितिकम पदाअधिकारी स्थानीयहरुको उपस्थितिमा पाईप बिस्तार तथा खानेपानी ट्याङ्की को शिलान्यास गरिएको हो ।

कार्यक्रममा हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तानले वडा वासिलाई खानेपानीको अभाव हुन नदिनका लागि संघीय खानेपानी तथा व्यवस्थापन आयोजना हेटौंडा र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा आवश्यक बजेट विनियोजन गराईएको बताए ।

आफू वडाकासीका हरेक समस्यासँग जानकार रहेकाले समाधान गर्न साथमा रहने प्रतिबद्धता जनाए।