हेटौंडा उपमहानगरको १५ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
आइतबार वडाले पत्रकार सम्मेलन गर्दै माघ २२ गते मंगलबार वडालाई बालमैत्री घोषणा गरिने भएको जानकारी गराइएको हो ।
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ घोषणा गर्न लागिएको वडाध्यक्ष सुनिल मुक्तानले बताए ।
तोकिएका ५१ वटा सूचक मध्ये ४५ वटा १०० प्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री वडा घोषणा गर्न लागिएको जानकारी दिएका हुन् ।
अभियान सुरु गरेर कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष मुक्तानले बताए ।
नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेको बताएका हुन् ।
अभियानलाई सफल पार्न वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको स्थानबाट साथको अपेक्षा रहेको बताए ।
सहभागिता र अभियानमा ऐक्यबद्धता जनाईदिन वडाध्यक्ष मुक्तानले आग्रह गरे।





















प्रतिक्रिया दिनुहोस्