हेटौंडा उपमहानगरका बिभिन्नवडाहरु धमाधम बालमैत्री वडा घोषणा क्रमसः भइरहेको छ ।

यसैक्रममा ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ २२ गते मंगलबार हेटौंडा–१५ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।

कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगर उपमयर राजेश बानियाँ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाल, लगायतको उपस्थिति रहेको थियो