
मकवानपुरको थाहानगरपालिका ६ बज्रबाराहीमा पुष २८ गते देखि सूरु भएको थाहा फिल्म फेस्टिभल २०८१सम्पन्न भएको छ ।
थाहा कलाकेन्द्रद्धारा आयोजित दोस्रो संस्करणका रुपमा सूरु भएको फिल्म फेस्टिभलको पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्धाटन गरेका हुन्।
वडा–६,स्थि सुमार्गी भवनमा डकुमेन्ट्री ‘यो जिन्दगी खै, के जिन्दगी’ प्ले गर्दै शुभारम्भ भएको फेस्टिभल – डकुमेन्ट्री, सर्ट फिल्म गरि २१ फिल्म प्रर्दशन गरेर माघ १ गते मंगलबार सम्पन्न भएको हो ।
जसमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’ र ‘मोदिबेनी’ सर्ट फिल्ममा ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’ र ‘खिल’ हुन्।डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’ र ‘गल्र्स रिराइटिङ डेस्टिनी’ हुन्।
त्यस्तै ‘नेपाली फिल्मको विविधता’ शीर्षकमा निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेले अन्तरक्रिया गरे।
फेस्टिभलको दोस्रो दिनमा किन चाहिन्छ फिल्म समीक्षा? शीर्षकमा समीक्षक प्रसन्न माली, श्रीजु सरल र प्रभाकर गौतम । विच छलफल भएको होे ।
सोही क्रममा बिभिन्न स्थानबाट सहभागी फिल्मकर्मी र सञ्चारकर्मीहरुको प्रश्न सहित चुनौती बारे छलफल भएको हो ।
फेस्टिभलका संयोजक प्रमोद कृष्ण जोशीले पर्यटकीय गन्तव्य को रूपमा परिचित थाहा नगरपालिकालाई फिल्म छायांकनको रूपमा विकास गर्नुपर्ने भएकाले यो फेस्टिभलमा सबैले साथ दिनुपर्ने बताए।
थाहा नगरभित्र हालसम्म कुनै फिल्म हल सञ्चालनमा नभएसँगै नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्षित गरेर आयोजना गरिएको फेस्टिभलको सबैबाट राम्रो प्रतिक्रिया पाइएको संयोजक जोशीले बताए ।
थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले पर्यटकीय गन्तव्यको रूपमा परिचित थाहा नगरमा फिल्म छायांकनको रूपमा विकास गर्नुपर्ने भएकाले आयोजित फेस्टिभलले नगरलाई थप परिचित बनाउने विश्वास रहेको बताए ।
‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराको मध्यनजर गर्दै थाहा नगर र इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्न सकिन्छ भन्ने फेस्टिभलको मुख्य उद्देश्य रहेको अध्यक्ष मोक्तानले बताए ।
गत वर्ष फिल्म प्रदर्शन गरेर फिल्म लिएर आउने फिल्मकर्मीलाई दामन, फाँटबजार, सिमभञ्याङ लगायत स्थानको भ्रमण गराएपछि म्युजिक भिडियो, फिल्म र टेलिफिल्म छायांकन भएको अध्यक्ष मोक्तन बताउछन् ।
हामीले आयोजना गरेको पहिलो फेस्टिभलले थाहाको प्रचारलाई तीव्र बनाइरहेको छ भन्ने महसुस भएका कारण पनि दोस्रो संसकरणका रुपमा आयोजित फेस्टिभलले थाहालाई अझै थप केही दिने बिश्वाछ । “मोक्तानले भने ”
फेस्टिभल सूरु गर्ने भनेपछि सफल बनाउन सबैको राम्रै साथ पाएका कारण सम्पन्न भएकोमा खुसीलागेको बताए ।
मोक्तान भन्छन् “यो फेस्टिभल सम्पन्न गर्न म एक्लै को प्रयास होइन । सबैको साथ सहयोग छ ।
हाम्रो निमन्त्रणालाइ सहर्ष स्वीकार गरेर सहभागी हुने प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथि, राजनैतिक नेतृत्वहरु, चलचित्र निर्माता, निर्देशक तथा कलाकार, सचरकर्मी, शुभेच्छुक, शुभचिन्त, सबैतर्फबाट सहयोगर्ने व्यक्तीत्वहरुको साथ पाएका कारण सफल भएकाले सबै प्रति
आभारी छु ।”
प्रतिक्रिया दिनुहोस्