हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षालाई गुणस्तरीय बनाउन बागमती प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

शिक्षा विकास निर्देशनालय हेटौंडाको आयोजनामा शिक्षा दिवस २०८१ को अवसरमा बुधाबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाइनै अघि बढाउन सकेमा असल नागरिक बन्ने र देशका लागि उपलब्धीमुलक हुने कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रीले बताएका हुन् ।

शिक्षालाई अनुसन्धाको तरिकाबाट सकारत्मक तर्फ र्लैजान जरुरी रहेकाले सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताए ।
शिक्षाले बिभिन्न देशहरुसंग सकारत्मक कामका लागि बिभिन्न देशहरुमा जोड्न सक्ने र राष्ट्रलाई चिन्ने मन्त्र भएकाले देशमा शिक्षितवर्गहरु कसरी बनाउने भन्ने विषयमा चसो रहेको  र शिक्षालाई अनुसन्धाको तरिकाबाट सकारत्मक तर्फ र्लैजान जरुरी रहेकाले सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताए ।

बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले शिक्षाको गुणस्तर बढाउन अभिभावकहरुपनि जिम्मेवारहुनुपर्ने र बिद्यालयमा जान थालेपछि शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्र सुधार गर्न सकिने उनले बताए ।
शिक्षाको गुणस्तर कायम गर्न ऐन र कानुनलाई परिमार्जन गरेर पनि सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

सोही क्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ भने ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो ।

सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँ र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौँलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौँ, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौँ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौँ, शांकरी स्कुल छाउनी काठमाडौँ र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुललाई पुरस्कृत गरिएको हो ।
उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत भएका हुन् ।

कार्यक्रममा निबन्ध लेखन प्रतियोगितामा पनि प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू पनि पुरस्कृत भएका छन् ।

स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौँ प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका हुन्। उनिहरुमा प्रथम१० हजार, द्वितीय ८ हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।