जिल्ला प्रहरी कार्यलय मकवानपुर प्रहरी टोलीले मोटरसाकल चोरीको आरोपमा  मोटरसाकल सहित ६ जनालाई पक्राउ गरेको छ ।
चोरी भएका मो।साइकल खोजतलास गर्ने र चोरी नियन्त्रण गर्ने कार्यमा प्रहरी कार्यालयको मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ६ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको जनाइएको हो ।
पक्राउ परेका हरुलाई अदालतबाट ८ दिनको म्याद लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जनाएको छ ।
………….
गएको जेठ २ गते हेटौंडा १६ बाट वडा नम्बर १५ बस्ने बर्ष २० का मिलन पाख्रिन १६ बस्ने बर्ष ३० का रत्न बहादुर गोलेलाई बा.प्र.०२–०३ प २१९६ नं. को नम्वर प्लेट राखेको अवस्थामा चोरीको मोटरसाइकल फेला पारी सोधपुछ गर्दा बकैया गांउपालिका वडा नं. ८ बस्ने बर्ष १९ को संजिव भोलनले बिक्री गरेको बताएपछि संजिव भोलनको खोपी गरेको प्रहरीको भनाई छ ।
प्रहरीले बताए अनुसार सोही क्रममा संजिवको खोजतलास गर्ने क्रममा भोलनको साथबाट समेत बागमती प्रदेश ०२–०४१ प ३९०८ नं. प्लेट भएको २२० सिसिको चोरीको मो.सा. फेला पारी अनुसन्धान गर्ने क्रममा मकवानपुरको बकैया गांउपालिका वडा ८ बस्ने बर्ष ३३ का रमेश लोप्चन र मकवानपुर ईन्द्रसरोबर गांउपालिका–५ बस्ने बर्ष २९ को सुवाश बोम्जनले दिएको भनि बताएका हो ।
संजिव भोलनको साथबाट फेला परेको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु हेटौंडा १९ बस्ने अशोक स्याङतानलाई बिक्रि गरेको भनि बताएको हो ।
अशोक स्याङतानले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नं. को माटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको छ भनि समेत बताएको र निजहरु मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन,रमेश लोप्चन र अशोक स्याङतान समेतलाई पक्राउ गरी चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत पेस गरिएको हो ।

पक्राउ परेका हरुलाई अदालतबाट ८ दिनको म्याद लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवनजपुरले जनाएको छ ।
अन्य चोरी भई आएका बा.प्र. ०२–०३८ प ७५८१ नं.को एनएस र बा.प्र।०२–०३३ प ६०२० डियुकेइ मो.सा. समेत प्रहरी कार्यालयमा ल्याई अनुसन्धान कार्य भई रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी