मकवानपुर /  हेटौंडा उपमहानगरपालिका -२ स्थित वनस्खण्डी नजिकै बसोबासी ६० वर्षिया वृद्धा जोगमाया थापाको स्वास्थ्य उपचारका लागि सामाजिक सहयोगी विशालराज महतले चासो दिएका छन् ।
हेटौंडा ५ निवासी राष्ट्रिय स्वतन्त्र पार्टी संगठन   बिभाग प्रमुख महतले स्वास्थ्य उपचारका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पुर्याएका हुन् ।
सोहीक्रममा आइताबार चिकित्सालय पुर्यापछि उपचार पद्धती सूरु भएको हो ।

रसुवा जिल्लाको जाँतेको जन्म भएको र विगत १२ वर्षदेखि हेटौँडा बसोबास गर्दै आएकी जोगमाया एक स्थानबाट अर्को स्थान सर्न नसक्ने भएर थला परेकी जोगमायाको स्वास्थ्य उपचारकालागि परिक्षण पश्चायत चिकित्सालय प्रमुख डा. ललिता पाण्डेले उपचरमा निःशुल्क गराइने र भएसम्म औषधीपनि निःशुल्क उपलब्ध गराइने बताइन् ।

नयाँवर्ष २०८१को आगमनसंगै लामो समय रोकएको उपचारका लागि कदम चलाउदै महतले लाग्ने खर्चा र व्यस्थापन सहितको कदम महतले चलाएका हुन्।

छोरी राधिकाकले एकल महिला भएसंगै आर्थिक कमाइकालागि दिनभर २,४ स्थानमा  कामगर्नुपर्ने बाध्यताले आमालाई लैजान समेत नसक्ने बताएपछि एक समय आमालाई दिएपछि आवतजावतमा लाग्ने, छोरीको लागि केही आर्थिकको व्यवस्था थेरापी देखि उपचारको पद्धतीको व्यस्था आफैले सूरु गराएको महतले बताए ।
महतले भने “सेवाको भावले काम गरेको हो, हामी एकछिन् एक स्थानमा बस्न सक्दैनौ, आमा वर्षौं देखि एकै स्थानमा थलिएर बस्नु परेको छ । सानो प्रयासले आमा एक स्थानबाट उठेर अर्को स्थानमा जान सक्नुभयो भने त्यो ठुलो उपलब्धि हुनेछ ।”

जोगमाया थापाको छोरी राधिका पोख्रेलले रातो समाचार डटकमसंग कुराकानी गर्दै आफु पनि एक होटलमा काम गरेर दैनिकी चलाई रहेको अवस्थामा आर्थिक अभावले गर्दा उपचार समेत गर्न नसक्ने भएको बताएकी थिइन् ।

शारिरिक अवस्था अशक्त भएको र उपचार गर्न नसक्ने जानकारी पाएपछि २०७८ फाल्गुन १० गते डा।हरिबहादुर खड्का बिरामीको बसोबास स्थानमै पुगेर जानकारी लिएका थिए ।

सोही अनुसार डा. खड्काले २०७९ श्रावण ०३ गते निःशुल्क उपचारको पहल गर्दै हेटौंडा डाइग्नोष्टिक सेन्टर प्रा.लि.को तर्फबाट सिटिस्क्यान, क्वाइलिफाइड रेफरेन्स ल्यावरोटी प्रा.लि.को तर्फबाट ल्याव परिक्षण, र हेटौंडा अस्पतालबाट एमबुलेन्स सेवा निःशुलक व्यवस्था गराएका थिए ।

डा खड्काले बिभिन्न डाक्टरहरुसंग समेत कुराकानी गरेर परिक्षणको नतिजा पछि उपचार सम्भव भएमा निःशुल्कउपचारका लागि पहल गर्न पछि नहट्ने थप प्रतिवद्धता जनाएका थिए । परिक्षणको नतिजा अनुसार उपचार सम्भव नभएको तर केही आशाको केन्द्र मान्न सकिने त्यसका लागि फिजियो थेरापी आवाश्यक रहेको डां खड्काले बताए ।
उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा लगेर फिजियो थेरापी नै आवाश्यक रहेको बताए ।
उपचारकै कदम चलाउदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा डा. खडकाले बताएको जानकारी दिएपछि परिक्षणको नतिजा हेर्दै चिकित्सालय प्रमुख डा. ललिता पाण्डेले स्थानमा सेवाहरु निःशुल्क दिइने प्रतिवद्धता जानाइन् ।

सोही कुरा जोगमायको छोरी राधिकालाई जानकारी गराएपछि दुइ छोराछोरीको जिम्मेवारी अनि आर्थिका कमाइका लागि दिनभर काम गर्नुपर्ने भएकाले सो स्थानमा पुर्यान नसक्ने अवस्था रहेको थियो । पछिल्लो समयमा श्रीमानको पनि मृत्यु भइसकेको र उपचारको कदम पनि चल्न सकेको थिएन ।

यसपटक विशालराज महतले  कदम चलाएका हुन् ।

राजेश गरिब
थप जानकारी