मकवानपुर सुनचाँदी व्यवसायी संघद्धारा बिदा हुँदै गरेको २०८० लाई स्मरण गर्दै आउँदै गरेको नयाँवर्ष २०८०को पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्य पवन शाक्यले सधै काममा रहेसंगै व्यवसाय गर्दा निकै समस्याहरु भोग्नु परेको बताएका छन् । वर्तमान अवस्थामा सुन चाँदीको दर अत्याधिक वृद्धि भइरेको र तयो संगै व्यवसायी नै धारासायी अवस्थामा परिरहेको बताए ।

केही समय अघि १ तोलाको १ लाख भइरहदा नै संकट आईरहेको र २०८० मसान्त सम्मको दर १ तोलाको १ लाख ३९ हजार ५ सय पुगेको र अझै वृद्धिको संकेत देखिएको बताएका हुन् । दर वृद्धि देखि बिभिन्न समस्या अनि व्यापा। नहुनु लगायतका कारणले कतिपय व्यसायीहरु व्यवसायनै छाडेर बैदेशिक रोजगारीमा जाने अवस्था श्रृजना भएको अध्य  शाक्यले बताए ।

उनले संघको अध्यक्षको तर्फबाट गर्नुपर्ने कर्तव्यमा पछि नहट्ने विगतमा केही कमी कमजोरी भएमा सच्याएर सेवा प्रदान गरिने र व्यवसायी समेत भएकाले व्यवसाय गरिरहेसम्म ग्राहकवर्गहरुको चित्त बुझ्ने गरि काम गर्ने बताएका हुन् ।

अध्यक्ष पवन कुमार शाक्यको सभाध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रममा गरिएको हो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव रसाईली, संघका वरिष्ठ उपाध्यक्षमा गोपीलाल विक, उपाध्यक्षमा रुपेन्द्र राज बज्राचार्य, विजय विश्वकर्मा महासचिव राजकुमार रसाइली, सचिव राजकुमार विश्वकर्मा, कोषाध्यक्ष कमल सिन्चुरी कार्यालय सचिव कान्ती रसाइली, व्यवसायीहरुले
पुरानो वर्षलाई बिदाइ गर्दैगर्दा आउने नयाँ वर्ष सबैको सुखद बनोस भन्दै शुभकामना व्यक्त गरे ।