बागमती प्रदेशको राजधानी हेटौंडा १ स्थित भैरव डाँडामा रहेको धार्मिक  एवं पर्यटकीय क्षेत्रको रुपमा परिचित पाथिभरा मन्दिर परिसरमा ६ फिट अग्लो भैरवको मूर्ती अनावरण भएको छ ।

हेटौंडा–७ निवासी नवराज खतिवडाको लगानी रहेको र ठूलो ढुंगामा कुँदेरस्थानीय कालिगढद्वारा नै निर्माण गरिएको भैरवको मूर्ति हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामाले शनिबार भैरवको मूर्ती अनावरण गरेकी हुन् ।

मूर्ति अनावरण गरे संगै प्रमुख अतिथीका रुपमा रहेको मेयर लामाले बोल्दै धार्मिक पर्यटन विकासमा पाथीभराको महत्त्वपूर्ण  योगदान रहने भएकाले क्षेत्रको बिकास गर्ने तर्फ पूर्वाधार निर्माणमा सदैव सहयोग रहने बताइन् ।

त्यस्तैगरि आगामी चैत २७ गतेबाट नवोदेवी भागवत महायज्ञको शुभारम्भ भएको छ भने बाजागाजा, झाँकी कलश यात्रासहित महायज्ञ सञ्चालन गरिनभएको छ । मन्दिरमा वैशाख १, ४ र ५ गते महापूजा हुने समेत जानकारी गराइएको छ ।

पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाको सभाध्यक्षता गरिएको मूर्ति अनावरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, हेटौंडा ११ को वडाध्यक्ष जुना दाहाल, बिभिन्न व्यक्तीत्वहरु लगायतको उपस्थिती रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी