बागमती प्रदेश जुडो संघको अध्यक्षमा मदन उप्रेती चयन भएका छन् ।
शनिबार हेर्टौंडामा भएको संघको प्रथम साधारण सभाले  ११ सदस्य सहित  संघको नेतृत्वमा उप्रेतीलाई सर्बसम्मत चयन गरेको हो ।

अध्यक्षमा मकवानपुरका उप्रेती सहित उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर, सचिवमा काठमाडौंका राजिव प्रधान, कोषाध्यक्षमा काभ्रेकी दिवा कायस्त चयन भएका छन् ।

समितिको सदस्यहरुमा धादिङका स्वागत सिलवाल, ललितपुरकी पुजा रेग्मी महत, काभ्रेका सौरभ राज कायस्त, भक्तपुरका राजाराम वासी,रसुवाका राजकुमार डङ्गोल, काठमाडौंकी आकृति जोशी चयन भएका हुन् ।

जुडो संघ मकवानपुरका अध्यक्ष तथा केन्द्रिय साभरणसभा प्रतिनीधि सविन मुक्तानको सभाध्यक्षत प्रदेश खेलकुद विकास परिषद्का बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रीय जुडो संघका प्रतिनिधि प्रकाश चन्द्र पाण्डे, तुलबहादुर थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी