उपाधि विजेता मकवानपुरको टिम

हेटौंडा / मकवानपुर जिल्ला क्रिकेट संघले पहिलो संस्करणको जीतपुरसिमरा टी–२० क्रिकेट प्रतियोगिताको उपाधी उचालेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा पर्सा जिल्लाको क्रिकेट टिमलाई ७ विकेटले हराउँदै मकवानपुर जिल्लाले उपाधि उचाल्न सफल भएको हो । जीतपुरको सीमरा उपमहानगरपालिका वडा–४, सेज क्रिकेट मैदानमा टस जितेर पहिलो व्याटिङ गरेको पर्साले १९ ओभरमा ९० रन जोडेर अल आउट हुनुपर्यो । पर्सा जिल्लाको टिमबाट सुरज पटेलले सर्वाधिक ४५ रन जोडेका थियो । यस्तै पर्साकै हसिम अन्सारीले १० रन मात्र जोडेका हुन् । मकवानपुरको तर्फबाट असिम श्रेष्ठले सबै भन्दा बढी ३ विकेट लिएका थिए । यस्तै पिउस शर्माले २ विकेट लिएका थिए । विशाल फँुयालले र रोहित ठकुरीले १–१ विकेट मात्र लिएका थिए ।

जवाफी व्याटिङ गरेको मकवानपुरले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर ९३ रन बनाएको थियो । मकवानपुरका लागि तक्षक सिंमखडाले सर्वाधिक ३० रन जोडेको थियो । विशाल फुँयालले २५ रन र सक्षमले १४ रन बनाएका थिए । पर्साबाट सम्साद मन्सुरीले मात्र ३ विकेट लिएको थियो ।

प्रतियोगिताको उपाधि विजेता मकवानपुरले एक लाख रुपैयाँ र उपविजेता पर्साले ५० हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्न सफल भएका मकवानपुरका शुभ कंसकारले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । मकवानपुरकै कंसकार उत्कृष्ट ब्याटस म्यान घोषित भएका छन् । जितपुर उपमहानगरपालिकाको अर्थिक सहयोगमा तथा अभियान युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो । मकवानपुर समुह बि को विजता हुँदै प्रवेश गरेको हो भने पर्सा समुहको विजता हुँदै फाइनलमा प्रवेश गरेको हो ।

रातो समाचार संवाददाता
थप जानकारी