सामुदायिक आँखा अस्पताल हेटौंडाले जलविन्दु रोग सम्बन्धि सरोकारवालाहरुसंग सचेतनामुलक छलफल तथम अन्तरक्रिया गरेको छ ।
विश्व जलविन्दु सप्ताह अन्तर्गत शुक्रबार आयोजित छलफल कार्यक्रममा जलविन्दु रोगको पहिचान, जोखिम र निदान सम्बन्धि जानकारी गराएको हो ।
अस्पतालमा दैनिकि १० देखि १२ जना जलविन्दुका बिरामी पाइने गरेको र आखाँमा हुने जलको उत्पादन र निकाशमा सन्तुलन नहुँदा जलविन्दुको जोखिम हुने गरेको अस्पालका प्रमुख डाक्टर सुनिल थकालीले बताए ।

पहिलोपटक नेपालमा सन् १९८१ मा अन्धोरोग बारे सर्वेक्षण गरीएको र त्यसबेला मानिसहरुमा जलविन्दु र मोतिविन्दुका कारण ०.८४ प्रतिशत दृष्टिविहिन रहेको डाक्टर थकालीको भनाइ छ ।

डाक्टर थकालीले दिएको जानकारी अनुसार दृष्टिविहिन हुनुमा जलविन्दु चौथो कारण रहेकोे विश्वको तथ्याकंले देखाएको छ ।
सुरुवातीमा कुनै लक्षणहरु नदेखिने र आँखा बन्द भइसकेपछि मात्र रोग पत्ता लाग्ने हुनाले आँखाको प्रेसर परिक्षण गराउनु पर्ने बताए ।