बागमती प्रदेशको राजधानी हेटौंडामा ब्याडमिन्टन खेल प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी चैत्र ९ र १० गते २ दिन  जिल्ला स्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुने भएको हो ।

आइताबार हेटौंडा ४ स्थित कफी बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै ४५ वर्ष उमेर समूह माथि र ४५ वर्ष भन्दा कम उमेर गरी दुई समूहमा डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराइएको हो ।
सम्पन्न गर्न करिब रु ८ लाख खर्च हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र दोस्रो हुनेले १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।