बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुको हेटौंडामा बन्द प्रशिक्षण चलिरहेको छ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद बिकास समितिको भवनमा बन्द प्रशिक्षणका लागि रखिएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेस खड्कीको नेतृत्वमा आइतबारबाट सुरु भएको बन्द प्रशिक्षणमा ९८ जना खेलाडी, १५ अफिसियल गरी १ सय १५ जना रहेका छन् ।

बन्द प्रशिक्षण पश्चात ६ बिधाको ९८ जना खेलाडी, १५ अफिसियल गरी ११५ जनाको टोली चितवन प्रस्थान गर्ने खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले बताए ।

खेलाडीहरुलाई बन्दप्रशिक्षणमा राखेर प्रशिक्षण दिने क्रममै एथलेटिक्स प्रशिक्षक रञ्जिता फुँयालले पनि खेलाडीहरुलाई प्रशिक्षण दिइरहेकी छिन् ।
मकवानपुरको बकैयामा जन्मिएकी रञ्जिता एथलेटिक्सामा सहभागी भएर उपाधीहरु समेत हात पारिसकेकी छिन् ।

सानैदेखि खेलक्षेत्रमा रुचि भएको र त्यसमा पनि एथलेटिक्स रोजाइमा परेको रञ्जिता बताउछिन् ।

शक्षा संगै खेलमा समेत रुची राखेर अघि बढ्दै गर्दा अहिले निर्णायक समेत भएकोमा निकै खुसी लागेको बताइन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पर्ने सोच सहित १० जना खेलाडीलाई प्रशिक्षण दिइरहेकी हुन् ।

जसमा पुरुष तर्फ सुमित प्रजा हेटौडा उपमहानगर, सचिन थिङ बकैया गाउँपालिका, सुबिन भोलन हेटौडा उपमहानगर, आगमन राई बागमती गाउँपालिका, जिकेश सापकोटा हेटौडा उपमहानगरबाट छन् ।

महिला तर्फ सुस्मिता पहरी, इन्द्र सरोवार गाउँपालिका, मुनु राई बागमति गाउँपालिका, डिना गोपाली थाहानगर, गोमा बर्तौैला कैलाश गाउँपालिका, स्नेहा तितुङ भिमफेदी गाउँपालिकाबाट छन्।