बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुको बन्द प्रशिक्षण चलिरहेको छ ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद बिकास समितिको भवनमा बन्द प्रशिक्षणका लागि रखिएको हो।

आइतबारबाट सुरु भएको बन्द प्रशिक्षणमा  बन्द प्रशिक्षण पश्चात २ जना प्रशिक्षकको नेतृत्वमा ९८ खेलाडी, १५ अफिसियल गरी १ सय १५ जनाको टोली चितवन प्रस्थान गर्ने मकवानपुर जिल्ला भलिबल संघका सदस्य  समुह व्यवस्थापन संयोजक समेत रहेका नरेन्द्र मोक्तानले बताए ।

खेलाडीका लागि साथ दिन संघको तर्फबाट निःशुल्क खटिएको र यसपटक कप उचाल्ने विश्वास रहेको संयोजक मोक्तानले बताए ।

“बिद्यार्थीकै लागि आयोजन भएको खेलमा एसइइको समयले गर्दा राम्रो खेलाडीहरु सहभागी हुन नसक्ने भए । यसमा दुख लागेको छ । या अलि पहिलानै हुनुपर्ने या एसइइ को परिक्षा पछि  खेल भएको भए अति राम्रो हुने थियो ।”   मोक्तानले भने ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौडा उपमहानगरले ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।