बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले अहिलेको नेपाल समानुपातिक समावेसी नेपााल भएको बताएका छन् ।
मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित बृहत मगर साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री जम्कटेलले यस्तो बताएका हुन् ।

उनले बहूभाषी, बहुभार्मिक, बहुसांस्कृतिक मुलुक नेपाल भएको बताउदै धार्मिक स्वतन्त्रता प्राप्त गरेको नेपाल भएको बताए ।

हिजो राजतन्त्रको दिन जस्तो लेख्न, बोल्न नपाउने समय जस्तो नभएर अहिले लोकतान्त्रिक व्यवस्था भएको मुख्यमन्त्री जम्कटेलले बताए ।

उनले भने यसमा कसैले बिरोध गर्छ भने ढिलो चाँडो त्यस बिरुद्धको विपलव हुन्छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार गरिएको बृहत मगर साँस्कृतिक कार्यक्रम  हेटौंडाको बुद्धचोकबाट र्याली सहित मगर समुदायहरुले नारा लगाउदै हुप्राचौरमा पुगेका थिए ।

नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्षता रहेको कार्यक्रममा मगर समुदायहरु जातीय भेषभूषामा सजिएर ४२औँ मगर दिवस मनाएका हुन ।

सांस्कृतिक झाँकी र साँस्कृतिक कार्यक्रम तथा फुड फेस्टिभल आयोजना गरिएको थियो भने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिभिन्न प्रस्तुती रहेको थियो ।