बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले  प्रदेश सरकारले चलचित्र बिकास  सम्बन्धि ऐन बनाउने तयारीमा रहेको बताएका छन् ।

हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको समापनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्।

ऐन निर्माणका लागि विभागिय मन्त्रालय, कानून मन्त्रालयको मन्त्रिपरिषद्को बैठकले सहमति दिइसकेको र चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए ।

नेपाली चलचित्र क्षेत्रलाइ महत्व दिनुपर्छ भन्दै आएको र नीति नभएको अवस्थामा स्व. केशव भट्टराईलाइ स्मरण गर्दै आर्थिक मामिला तथा काुननमन्त्री हुँदा पनि विषयमा छलफल समेत गरिएको बताए ।

नेपाल चलचित्र बिाकस बोृर्डको अध्यक्ष केशव भट्टराई रहदा सोही समयमा दोलखाको डाङ्गडुङ्गे डाँडामा फिल्मसिटी बनाउने समेत भनिएको र ८ करोड बजेट समेत छुट्याएको बताए ।

तर संघिय सरकाको मताहतमा संघिय सरकारले निर्णय गरेको र प्रदेश र रकारलाई बिधिवत रुपमा हस्तान्तरण नगरिएको सो विषयमा छलफल हुँदाहुदै बोृर्डको अध्यक्ष भट्टराई स्वर्गीय भएपछि सो वजेटको सदुपयोग नभएको मुख्यमन्त्री जमकट्टेलले बताए ।

मुख्यमन्त्री जमकट्टेलले भने मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास समेत भइरहेको छ ।

कार्यक्रममा सिनेमा र पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रका ११ वटा सेसन सञ्चालन गरिएको हो ।