बागमती प्रदेशको राजधानी हेटौडा बाट लालरत्न मिडिया प्रा.लि. द्धारा सञ्चालित रातो समाचार डटकममा कार्यरत सञ्चारकर्मी राजेश थापा गरिवलाई चलचित्र पत्रकार अवार्ड २०८० प्रदान गरिएको छ ।

न्यु मिडिया एकेडेमी प्रा.लि. र पावर ईन्टरनेशन मिडिया नेपालको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड २०८० बाट सञ्चारकर्मी गरिब सहित बिभिन्न बिधामा १० जना पत्रकारलाई नगद सहित अवार्ड प्रदान गरिएको छ ।

टिम नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यतामा प्रदान गरिएको हो ।

अग्रज संचारकर्मी सम्मान  राससका कृष्ण राम परियार,  ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका  हरि हुमागाई, संचार उद्यमी सम्मान २०८० बाट पालुङ एफएमका ध्रुवराज ढकाल,  नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने,  उत्कृष्ट उदियमान पत्रकार वर्ष अवार्ड  समृद्ध समाज दैनिकका रविन्द्र वाइवा

–  उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड-२०८० बाट टिम टिभिका मनिल महतो
-उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड-२०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली
– उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड-२०८० बाट रातोसमाचार डटकमका राजेश थापा (गरिब)
– उत्कृष्ट ग्रामीण पत्रकारिता अवार्ड-२०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्ण)
– उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड-२०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ
– उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड -२०८० बाट साझाकुरा दैनिकका रेवती तिमल्सिना (नविन)
– उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड -२०८० पुरुषतर्फ रातोपाटी डटकमका गणेश दुलाल (श्यामलाल)
– उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड-२०८० महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल
– सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड २०८० बाट कान्तिपुरका होम कार्की