पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड  शनिबार सम्पन्न भएको छ ।

न्यु मिडिया एकेडेमी प्रा.लि. र पावर ईन्टरनेशन मिडिया नेपालको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न पाँचौहेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड २०८० मा  १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित अवार्ड प्रदान गर्एि संगै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो। टिम नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिका मेयरमिना कुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यतामा रविन्द्र वाईवा, उदययमान पत्रकार अवार्ड, मनिल महतो, टेलिभिजन पत्रकार अवार्ड, अनिल पराजुली अनलाइन पत्रकार अवार्ड, राजेश थापा गरिब चलचित्र पत्रकार अवार्ड , सुनिता विष्ट ग्रामीण पत्रकार अवार्ड,  बिक्रम बानियाँ खेलकुद पत्रकार अवार्ड र नाबिन तिमल्सिना खोज पत्रकार अवार्ड सहित नगद ५, ५ हजार प्रदान गरिएको छ ।

उत्कृष्ट तर्फ महिला पत्रकार सरिता दाहाल र पुरुष तर्फ पत्रकार गणेश दुलालले नगद १० हजार र सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार तर्फ होम कार्कीलाई १५ हजार सहित अवार्ड प्रदान गरिएको हो। अग्रज पत्रकारहरूमा कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई पनि सम्मान गरिएको छ।

संचार उद्यमीहरू तर्फ हेटौंडा सन्देशका माधव न्यौपाने, पालुङ एफएमका धुर्वराज ढकाल र हेटौंडा एफएफ र नेशनल गोल्ड एचडी टिभिका उज्ज्वल चौलागाईलाई पनि सम्मानित गरिएको छ। सम्पन्न कार्यक्रममा मकवानपुर प्रजिअ सुर्य प्रसाद सेढाई, बिभिन्न वडाका वडाध्यक्ष जसपा नेता बिद्युत बज्राचार्य, कलाकार सुसान्त श्रेष्ठ, जिल्ला प्रहरी मकवानपुरका डिएसपी लक्ष्मी भण्डारी, विभिन्न संघसंस्थामा आवद्धहरु लगायतको उपस्थिति रहेको थियो ।