हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ को आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुँने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यार्थीहरुको प्रतिभाको उजागर गर्ने उद्देश्यमा आउदो माघ १२ गते दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुँने भएको जानकारी गराइएको हो ।

वडाभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्धमा भाइचारा स्थापित गर्ने उदेश्य रहेको शैक्षिक गुण्स्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताएका छन्।

हेटौंडा –४ का वडाध्यक्ष नवीन सिग्देलले आफुहरु शैक्षिक गुणस्तर अभियानमा लागिपरेको र चिसो भन्नु नै कोकाकोला भने जस्तै शिक्षाको लागि४ नं.वडा भएको दावी गरे ।

शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा४ को व्यवस्थापन रहेको कार्यक्रममा ५ लाख रुपैँया खर्च हुने बताउदै शिक्षालाई प्राथमिकतामा राखेर काम गरको बताए ।

वडाले वडा स्तरीय खेलकुद, जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, इ.सि.डि. शैक्षिक सामाग्री निर्माणको तालिम लगाएतका कार्यक्रमहरु गरिने बताए ।

समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा–४ का वडासदस्य जिएन श्रेष्ठ, सचीव पुष्पराज पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।