हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाले बिभिन्न जातजाति र संस्कृतिको पहिचान हेटौंडा उपमहानगर भएको बताएकी छिन् ।

थारु कल्याणकारी सभा मकवानपुरद्धारा हेटौंडामा सोमबार आयोजित छैठौँ थारु माघी महोत्सवलाई संबोधन गर्दै मेयर लामाले यस्तो बताएकी हुन्।

हेटौंडा ४, भुटनदेबी माबिको चौरमा आयोजित महोत्सवको उद्धघाटन गर्दै भोट दिएर उपमहानगरको प्रमुख बनाए संगै माघी पर्वका दिनमा संस्कृतिको गहना दिएर आफ्नो बनाएको मिना लामाले बताइन् ।

महोत्सवमा थारु समुदायका मौलिक खानाका परिकारहरूका ७ वटा स्टलहरू राखिएका छन् ।

कार्यक्रममा थारु काल्याणकारीणी समिती केन्द्रिय सदस्य जानकी चौधरी, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाँइ, हेटौंडाका बिभिन्न वडाका वडाध्यक्ष, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतको उपस्थििति रहेको थियो ।
थारु समुदायले २०७५ सालदेखि हेटौंडामा थारु महोत्सव मनाउँदै आएका हुन् ।