हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माध्यमिक बिद्यालय, प्राबिधिक शिक्षालयको बिद्यालयको नौ कोठे प्राबिधिक भवनकोआइताबार उद्घाटन् गरिएको छ ।

बिद्यालयको ५७ औं अभिभाबक भेला, पुरस्कार वितरण, सम्मान कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्धालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा नव निर्मित भवनको उद्धघाटन भएको हो ।

५७ औं अभिभावक भेलामा ५६ औं वार्षपछिको बिद्यालयका गतिबिधिहरुबारे बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाले प्रतिवेदन पेश गरेका थिए ।

समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास निर्देशनालय हेटौंडाका देव नारायण चौधरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महासाखाका प्रमुख हरिशचन्द्र सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।