बागमती प्रदेशको राजधानी हेटौंडामा थारु कल्याणकारी सभा मकवानपुरको आयोजनामा छैठौँ थारु माघी महोत्सव हुने भएको छ ।

शनिबार पत्रकार सम्मलनको आयोजना गर्दै छैठौँ थारु माघी महोत्सव २०८० माघगते हेटौंडा ४ स्थित भुटनदेबी माबिको चौरमा हुने भएको थारु कल्याणकारीले जानकारी गराइएको हो ।

महोत्सवको मुख्य उदेश्य र थारु जातीको सांस्कृतिक, लोक कला, भाषादर्शन, साहित्य, रितिरिवाज र थारु खानपिन परिकारहरु लगायतका विषयमा सहसचिव रामानन्द चौधरीले जानकारी दिएका छन् ।

थरुहट तराईका भूमिपुत्र थारुहरुको गौरवमय इतहास रहेको उल्लेख गर्दे बागमती प्रदेशको राजधानी हेटौडा मनाउदै आईरहेका र यस वर्षपनि महोत्सवको तयारी गरिएको थारु कल्याणकारीका सचिव चन्द्रकान्त चौधरीले बताएका हुन् ।

छैठौ माघी महोत्सव, २०८० भुटनदेवीमाध्यमिक विद्यालयको चौरमा माघ १ गते सोमवार मनाउने भएकाले सहभागी भई सहयोग गरिदिन अध्यक्ष सचिनान्द चौधरीले आग्रह गरे ।