नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ परेका तपश्वी भनिएका रामबहादुर बम्जनलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

 

 

काठमाडौंको बुढानिलकण्ठ स्थित आफ्नै घरबाट मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो।

सार्वजनिक गर्दै सीआईबीले दिएको जानकरी अनुसार बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाखभन्दा बढी बरामद भएको जानकारी गराएको हो  ।

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।

साथै उनको साथबाट मोटरसाइकलको बिलबुकहरू ३ थान, टोयटा हिलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका ल्यापटप २ थान, विभिन्न ब्राण्डका मेमोरी कार्डहरू २ थान,विभिन्न ब्राण्डका मोबाइल १४ थान र विभिन्न ब्राण्डका आइ प्याड र ट्यापहरू ५ थान समेत बरामद भएको जनएको छ ।

बम्जनलाई पक्राउ अप्रेसन ब्लुु चलाएको गर्न सीआईबीले जानकारी दिएको हो ।

उनीमाथि व्यक्ति बेपत्ता, बलात्कार लगायतका आरोप छ भने पक्राउ परेका बम्जनलाई थप कारबाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने जनाइएको छ ।