
मकवानपुर जिललाको उत्तरी क्षेत्र थाहा नगरपालिकाको आयोजनामा थाहा पर्यटकीय फोटो प्रदर्शनी हेटौँडामा सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि २ दिने थाहा पर्यटकीय फोटो प्रदर्शनी शुक्रबार देखि सुरु भएको हो ।
हेटौंडा–१०, बुद्धचोकमा हेटौंडा उपमहानगरको मेयर मीना कुमारी लामाद्धारा फोटो प्रदर्शनीको उद्घाटन गरिको हो ।
उक्त प्रर्दशनीलाई सम्बोधन गर्दै मेयर लामाले पर्यटकीय क्षेत्रको जनाकारी लिन थाहाबाट केही सिक्नु पर्ने बताइन् ।
उनले जिल्लाबासीको संस्कृति, परम्परा, जोगाउन सके मात्र परम्परा रहने र पर्यटकले रुचाउने भएकाले यसतर्फ सबै लाग्नुपर्ने बताइन् ।
फोटोग्राफर गणेश विष्ट, रामकुमार कार्की, श्रीकृष्ण श्रेष्ठ, कृष्ण अधिकारी, सुरज कुमार भुजेल, गोपाल पाठक, शम्भु अधिकारी लगायतले खिचेका तस्वीरहरुलाई उक्त प्रदर्शनीमा राखिएको छ ।
आयोजकले दिएको जानकारी अनुसार पर्यटकीय स्थलहरुको फोटो प्रदर्शन गरी पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उद्देश्य रहेको र प्रर्दशनी शनिबारसम्म राखिने छ ।
प्रतिक्रिया दिनुहोस्