मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि हेटौंडामा सूरु भएको वृहत् खेलकुद तथा व्यापार महोत्सव बुधाबार समापन भएको छ ।
हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमा महोत्सव अवधिभर बिभिन्न खेलकुद गतिबिधिदेखि सांगितिक प्रस्तुती, मनोरञ्जनका कार्यक्रहरु भएको हो ।
महोत्सवमा करिब २ सय ६० वटा स्टल सहित स्टलमा बिभिन्न घरेलु उत्पादनका सामाग्री, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका सामाग्री लगायत उपभोग्य बस्तुहरु राखिएका थिए ।
महोत्सव बुधबार समापन गरिएसंगै सबैको साथ र सहयोगबाट सम्पन्न भएकोअध्यक्ष भेष खड्गीले बताए ।
खेलकुद विकास समितिका अध्यक्ष खड्गीको सभाध्यक्षता समापन कार्यक्रलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष तथगा हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपाने, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् खेलकुदका पूर्व अध्यक्ष माधव तिमल्सिना, नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष सविन भट्टाचार्य, खेलकुद विकास समितिका sadasya आलोक स्याङ्तान, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत लगायतले महोत्सव सफल हुनुमा सबैको साथ र सहयोग रहेको भन्दै धन्यवाद दिए ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा समापन महोत्सवमा महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता भएको हो
भने समापनका क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न खेलकुद संघका अध्यक्षहरु लगायतलाई सम्मन समेत गरिएको थियो ।
महोत्सव सम्पन्न भएसंगै रातो समाचार संगको कुराकानीमा अध्यक्ष खड्गीले भने ूकेही विवाद बीच पनि महोत्सव सम्पन्न गर्न सपल भयौं । खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित आयोजित महोत्सव सफलता पूर्वक सम्पन्न भएपनि बागमती प्रदेशमा आएर सुदुर पश्चिमकी उसु खेलाडी निताले खेलमा जितेर फर्कदा दुर्घटनामा परेका कारण हामीले खेलाडी गुमाउनु पर्यो यसमा हामी दुःखी छौं ।ू

















प्रतिक्रिया दिनुहोस्