योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा मदन उप्रेती सर्वसम्मत चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको दोस्रो नगर सम्मेलन सम्पन्न भएसंगै उप्रेतीको नेतृत्वमा ३९ सदस्य चयन भएको हो ।
वाइसीएल हेटौंडा उपमहानगर कमिटी सचिव सुरज घलानको सभाध्यक्षतामा वाइसीएल केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यता आतिथ्यतामा सम्पन्न सम्मेलनबामा कमिटीको उपाध्यक्षमा निलाम्बर सापकोटा, विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिव दिवश लामा, समन गौतम, कोषाध्यक्ष हिरा पुलामी चयन भएका छन् ।
उक्त कार्यक्रममा बागमती प्रदेश पार्टी कमिटी उपाध्यक्ष प्रेम बा.पुलामीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपत्यका विशेष कमिटी उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, नेकपा माओवादी केन्द्र मकवानपुरका पार्टी अध्यक्ष सर्केश घलान, प्रदेश कमिटी सचिवालय सदस्य ललित बा.घलान, विर बा.घलान प्रदेश सचिवालय सदस्य, हेटौंडा नगर इन्चार्ज बिबेक राई, केन्द्रीय वाइसिएल सचिव सुमन पाख्रीन,हरि ढकाल वाइसिएल केन्द्रीय सचिव, तीर्थ थापा मगर नगर अध्यक्ष, लवराज ठकुरी वाइसिएल मकवानपुर जिल्ला अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।
योङ्ग कम्युनिस्ट लिग नेपाल मकवानपुरका सचिव मुक्ति लामाले कार्यक्रमको सञ्चालन गरेका हुन् ।

















प्रतिक्रिया दिनुहोस्