बागमती प्रदेशको राजधानी हेटोंडामा शुक्रबारदेखी सडक खाना महोत्सव सुरु भएको छ ।

होटल एशोसिएसन अफ मकवानपुरको आयोजनामा सडकमा खाऔं र सडकमै रमाऔं भन्ने मुल नारा सहित हेटौंडा उपमहानगरपालिका वडा नमबर ४ स्थितहुप्राचौरको पुर्वतर्फको सडकमा १० औं खाना महोत्सव सुरु भएको हो ।

आउदै गरेको नयाँवर्ष सन् २०२४ को स्वागत गर्दै तीनदिने महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

तीन दिन सञ्चालन हुने महोत्सवमा हेटौंडा र आसपासमा रहेका होटल व्यवसायीहरुले स्थानीय उत्पादित वस्तुहरु खानाका परिकार स्टलमा विक्री गर्न राखेका छन् ।

एशोसिएसनका कार्यबहाक अध्यक्ष एंव महोत्सव कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनको सभाध्यक्षता हेटौंडा उपमहानगरको मेयर मीना कुमारी लामाको प्रमुख अतिथ्यतामा सूरु गरिएको महोत्सवको उद्घाटन गर्दै स्थानीय उत्पादित वस्तुको विभिन्न परिकारलाई प्रवद्र्धन गर्न टेवा पुग्ने मेयर लामाले बताईन् ।

उनले लामो समय रोकिएको सडक खाना महोत्सव यस वर्ष सूरु भइ आउदा दिनमा निरन्तरता रहने र व्यवसायीहरुलाई व्यवसायमा थप उर्जा मिल्ने विश्वास रहेको बताइन् ।

हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा १, ६, ९, ८, १७ का वडाध्यक्ष बिभिन्न व्यवसाय संघका प्रतिनिधि। राजनीतिदलका व्यक्तीत्व, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।