प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानवसेवा आश्रमको उद्घाटन गरेका छन् ।

हेटौंडा-९ ,स्थित लामसुरेधापमा रहेको प्रधानमन्त्री दाहालद्धार आश्रमको नवनिर्मित केन्द्रीय कार्यालयको आज उद्घाटन गरिएको हो।

वि.सं. २०६९ सालमा हेटौंडा ५ अब्बलडाँडाबाट घर भाडामा लिएर सेवा सुरु गरेको मानवसेवा आश्रम सेवामा निरन्तर रहेर केन्द्रको भवन निर्माण सम्पन्न गरेसंगै सेवा सूविधा भवनबाट सेवा दिन सूरु गरेको हो ।

प्रधानमन्त्रीप्रचण्डले उद्घाटनलाइ समबोधन गर्दै सडक आश्रित  मानवहरुको उद्धार गरेरपीडितहरूको निम्ति सेवा गर्नु ठूलो धर्मभएको र जीवनको सर्वोच्च काम भएको बताए ।

हाम्रो संस्कृतिमा मन्दिरमा जाने भेटी चढाउने चलन रहेको अवस्थामा छ, दानभन्दा ठूलो धर्म अरु केही छैन ।” राज्यले मानव सेवा आश्रमले गरेको कामको उच्चमुल्याङ्कन गर्ने उनले बताए । अर्थमन्त्री र अर्थ सचिवलाई पनि आश्रमबारे जानकारी गराउनुपर्ने उनले बताए ।

सहयोगापेक्षी सडक मानव मुक्त अभियानमा आश्रमको काम प्रसंसा योग्य भएको उल्लेख गर्दै आश्रमलाई गाडीको आवश्यकता महसुस भएको सुनाए ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सहयोग गर्ने वचन दिएको बताउदै सहयोग गर्न तत्पर रहेको बताए ।
राष्ट्रिय सभागृहमा बोलेका कुरा प्राविधिक कारणले कार्यान्वयन ढिलो भएपनि अब तिब्रगतिमा काम हुने विश्वास दिलाए ।

 

२०७१ सालमा लामसुरेधाममा भवन निर्माणको काम सुरु गरिएको थियोभने लगभग १४ करोड रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो। विभिन्न सहयोगीहरूको आर्थिक देखि हरेक सहयोगका कारण सम्पन्न भएको प्रमुख रामजी अधिकारीले बताए ।

घरपरिवारविहीन सडक आश्रित मानवहरूको उद्धार, उपचार र संरक्षणका लागि अवरात्र रहेको गैरनाफामूलक सामाजिक संस्थारहेको अधिकारी बताउछन् ।