बागमती प्रदेशको राजधानी हेटौंडा स्थित राप्ती तट छेउमै रहेको गोरक्षेश्वर धाममा तिर्थालुहरु प्रभावित हुने गरेका छन् ।

हेटौंडा वडा नम्बर -१० मा रहेको गोरक्षेश्वर धाममा बिभिन्न स्थानबाट आएका  धर्मालम्बि तिर्थालुहरु बास बस्ने र सोही स्थानमा पकाउने खाने रमाउने गरेका हुन् ।

केही शुल्क तिरेपनि पारिवारिक हिसावले हेटौंडाको गोरक्षेश्वर धाममा बस्ने स्थान संगै सहज वातावरण पाएकोमा खुसी व्यक्त गर्दै धार्मिक अतिथीहरुले गन्तव्यलाई निरन्तरता दिने गरेका हुन् ।

गोरेक्षेश्वर विकास समितिकाको मातहातमा संरक्षणका रुपमा रहेका भोलाबढी दाहालले बिभिन्न स्थानबाट आउने धार्मिक अतिथिहरु रमाउने गरेको बताउछन् ।