बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल आइताबार सकिएको छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडा ४ स्थित नारायणी मलमा रहेको होटल सामनामा गरिएको एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जिते संगै समापन भएको हो ।

उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाएर नगद एकलाख पचिस हजार पुरस्कार राशी हात पार्न सफल भएका हुन् ।

नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाको संयोजन रहेको बुद्धिचाल प्रतियोगितको पुरस्कार वितरण एवं समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समामाजिक बिकास मन्त्रालयको मन्त्री कुमारी मोक्तानले खेल क्षेत्रमा नेपालको सातै प्रदेश मध्य बागमती प्रदेश खेल क्षेत्रको लगानीका सन्दर्भमा अग्रपङ्तीमा रहेको बताइन् ।

उनले खेल क्षेत्र भनेको तत्काल खेल खेलाडी र स्थानको परिचय तत्काल दिने भएको र आफुले बुझे अनुसार आप्नो स्वाभिमान देखाउन सकिने र अनुसासित बनाउने नीति राजनीति क्षेत्रमा हुने हो भने मुलुकमा फरक परिवर्तन हुने उनको भनाइ छ ।

उक्त खेल आयोजना गरेर बाहिरी देशका खेलाडी समेत सहभागी गराएर बागमती प्रदेशलाई परिचत बनाएको मन्त्री मोक्तानले खुसी व्यक्त गरिन् ।