बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको शनिबार चौथो दिन भएको छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूरु गरिएको खेलमा जोडदार प्रतिस्पर्धा भइरहेको छ ।

हेटौंडा४मा रहेको होटल सामानामा भइरहेको प्रतियोगितको शनिबार सातौं चरणको खेल समेत सम्पन्न भएको छ ।
यसैक्रममा खेलकै विषयमा रातो समाचारसंगको कुराकानीमा नेपाल खेलकुद महासंघका केन्द्रिय कोषध्यक्ष उज्वल सुवेदीले आयोजित चेस प्रतियोगिताले पर्यटकलाइ आर्कषण गर्न समेत टेवा पुग्ने बताए ।

बौद्धिक बिकासको खेल मानिएको चेस प्रतियोगिताक अन्तराष्ट्रिय  स्तरको भएको र सफलतको शिखर चुमेको बताए ।
खेलको आयोजना गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्दै महासंघ सधै खेलाडीहरुको पक्षमा रहने  बताए ।