बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको शनिबार चौथो दिन भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता २०८० को बुधाबार उद्घाटन गरेका हुन् ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूरुगरिएको हो ।

खेल प्रतियोगिता हेटौंडा ४ नारायणी मलमा रहेको होटल सामनामा चलिरहेको छ ।

खेलकै विषयमा रातो समाचारसंगको कुराकानीमा नेपाल बुद्धिचाल महासंघ अध्यक्ष हिराकाजी महर्जनले बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा यसरी बुद्धिचाल चेस गेम प्रतियोगिता आयोजना गर्नु सानो कुरा नभएको बताए ।

शिक्षासंग जोडिएकाले चेस खेल अतिनै आवाश्यक रहेकाले हरेकले आफ्रना बालबालिका भाइबहिनीलाई यस तर्फ लगाउनु पर्ने बताए ।

उनले हेटौंडामा भइरहेको खृल प्रतियोगितालाई नियाल्दै गर्दा सुन्दर नगरी हेटौंडा खेल क्षेत्रको लागि उत्कृष्ट बन्ने विश्वास रहेको समेत बताए ।

शिक्षा, बौद्धिक बिकास, क्षमतावान बनाउन र गलत बाटोमा जान नदिन चेस अतिनै आवाश्यक खेल रहेको बताए ।