हेटौंडा उपमहानगरपालिका-८, स्थित सर्वोत्तम सञ्जिवन बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १७ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ।

शनिबार आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बचत, ऋण मात्र नभएर उत्पादनमा जोड दिएमा आर्थिक बिकास हुने बताएकी छिन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मोक्तानले सबै कुराको जानकार हुँदा हुदैपनि सहज नभएकाले भिजन, त्याग, सर्मपणका साथमा लगनशिलता आवाश्यक रहेको बताइन् ।

यसै कुराको मध्य नजर गरेर सहकारी सँस्थाले उत्पादलाई जोड दिएर गरेको कार्यले खुसी लागेको मन्त्री मोक्तानले बताइन् ।

उनले भनिन् “बागमती प्रदेश सरकारले पनि कृषि क्षेत्रमा लगानी गरेर उत्पादमा जोड निुपर्छ भन्ने तर्फ रहेको छ । संस्थाको कार्यक्रम र बागमती सरकारले सोचेको कायृक्रम मिल्दो जुले हुन गएको हो भन्ने लागेको छ । सरकारले मात्र सबै कार्य गर्न सम्भव नभएकाले समुदायमा आधारित लगानी प्रा.लि.सरकारी लगायत सबै मिलेर उत्पादमा जोड दिन  बागमती सरकारको जोड छ ।”