मंसिर ७ गतेका दिन हरिबोधिनी एकादशी अर्थात ठूली एकादशी लाई हिन्दु धर्मालम्बीहरुले धुमधामसंग मनाएका छन् ।

वैज्ञानिक रुपमा पनि अति उपयोगी रहेको तुलसीलाइ हिन्दु धर्मशास्त्र अनुसार पनि धार्मिक र सांस्कृतिक महत्वका साथ मनाउदै आएका हुन् ।

एकादशीको दिन अन्न ग्रहण गर्न नहुने भगवान विष्णुलाई अक्षता नचढाइँने एकादशीका व्रत बस्नेले अन्न ग्रहण नगर्ने र अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने मान्यता सहित हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजा आराधना गर्छन् ।

यस दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्दछ भने ।मकवानपुरमा रहेका बिभिन्न स्थानका धार्मिक महत्व बोकेका स्थानहरुमा पुजा गर्न जानेहरुको र अवलोकन गनै जानेहरुको भिड भएको हो ।

यसै क्रममा हेटौंडा उपमहानगर नजिकै रहेको भिमफेदी गाँउपालिकामा पर्ने त्रिखण्डीमापनि निकै भिड रहेको थियो ।

उक्त स्थानमा सयपत्रीफुलको माला, फुल, उँखु, पुजाका सामाग्री लगायतका खाद्यन्न सामाग्री बिक्रि बितरणमा राखिएका थिए  ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी मकवानपुरले क्षेत्रमा मादक पदार्थको बिक्री बितरण तथा सेवनमा रोक लगाएको थियो ।

प्रहरीहरु सुरक्षा व्यवस्थापनका लागि खटिएका थिए भने मकवानपुर ट्राफिक प्रमुख बसन्त आचार्य सहितको टोली  सवारी आवतजावत र भक्तजनहरुको लागि सहज व्यवस्थामा खटिएका थिए ।

उक्तस्थानमा त्रिखण्डी व्यावस्थापन समितिद्धारा भक्तजनहरुको व्यवस्थापन मिलाइको थियो ।