हिन्दु नेपालीहरूको महान चाड संगै तिहार सकिएसंगै कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने छठपुजाको तयारीमा हिन्दुधर्मालम्बीहरु जुटेका छन् ।

विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि पर्वलाई धुमधामका साथ मनाउन पानीको ताल, पोखरी र नदि छेउछाउमा तयारी गरिदैछ ।

यसै विच बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा उपमहानगरको मुख्य सहयोग र संयुक्त मधेसी सेवा समाज नेपालद्धारा छठपुजा समारोह समितीको संयोजनमा राप्ती तटलाई सजाइदै छ ।

सोही स्थानमा ब्रतालु देखि अवलोकन गर्न आउनेहरुका लागि मध्य नजर गर्दै स्थल निर्माण गरिएको समितिले जनाएको छ ।
हेटौंडाको राप्तीतटमा के कसरी तयारी भइरहेको छ भन्ने विषयमा रातो समाचार संगको कुराकानीमा बोल्दै छठपुजा समारोह समितीका सह कोषध्यक्ष राजदेव बानियाँले तयारी तिब्र गतिमा तयारी भइरहेको बताए ।