


हेटौंडा उपमहानगर वडा नम्बर-१७ मा स्कुटरले ठक्कर दिदा एकजना एक जनाको मृत्यु भएको छ ।
हेटौडा १७ धरान चतरा सडकखण्डमा पर्ने बाबुचोक स्थित ठुलोदमार बाट हटिया तर्फ आउदै गरेको ना. २५ प ८३५६ नं. को स्कुटरले सोही स्थानकी बर्ष ४३ की गोपिनी बिकलाई ठक्कर दिदा ज्यान गएको जिल्ला प्रहरी कमार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार सांझ बाटो काट्ने क्रममा गोपिनीलाई स्कुटरले ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि हेटौडा अस्पताल लगिएको थियो ।
ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौडा १ पिपलबोट बस्ने बर्ष ३५ का ईलेश श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्