हिन्दु नेपालीहरूको महान चाड संगै तिहार सकिएसंगै छठ पर्व मनाउने तयारीमा धर्मालम्बीहरु जुटेका छन् ।

…………………………………….

हेटौंडाको राप्तीतटमा के कसरी तयारी भइरहेको छ भन्ने विषयमा छठपुजा समारोह समितीका संयोजक रवि गुप्ता संग गरिएको कुराकानी …..

…………………………………….

विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व साँस्कृतिक पर्वका रुपमा विकसित पर्वलाई पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेका हुन् ।

कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु हुने पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ भने पर्वलाई धुमधामका साथ मनाउन पानीको ताल, पोखरी र नदि छेउछाउमा तयारी गरिदैछ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण, मानव देखि सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने पर्व मानिदै आएको पर्व मनाउ व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्न नहुने धार्मिक मान्यता रहेको छ ।

यसै विच बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरकै वडा नम्बर– १ स्थित राप्तीतटमा उपमहानगरको मुख्य सहयोग र संयुक्त मधेसी सेवा समाज नेपालको संयोजनमा छठ पुजाको तयारी कार्य अघि बढाइएको हो।