तस्विर गुगलबाट

हिन्दु नेपालीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज देखि यमपञ्चक सुरु भएको छ।
धार्मिक मान्यता अन्सार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन मानिने तिहारको पहिलो दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिएको हो।

यमराजको अत्यन्त प्रिय भक्तसमेत मानिने कागलाई कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर काग तिहार मनाइँदैछ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम गर्ने भएकाले
काग तिहारको धार्मिक महत्त्व रहेको हो ।

घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, देउसीभैलोमा रमाउने साँस्कृतिक महत्व सहित काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ।

तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ।