जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सवारी चालकहरुका लागी निःशुल्क आँखा परिक्षण गरिएको छ ।

बागमती प्रदेश प्रहरी अस्पताल ,सामुदायिक आँखा अस्पताल हेटौडा मकवानपुरको व्यवस्थापनमा हेटौडा ११ स्थित ट्राफिक प्रहरी कार्यालयको परिसरमा १०४ जनाको निःशुल्क आँखा परिक्षण भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्‍याङको सहकार्यमा आँखा परिक्षण कार्यक्रममा अन्तरगर्त बिहिबार सार्वजनिक सवारी साधनका सवारी चालकहरुका लागी निस्शुल्क आँखा परिक्षण गरिएको हो ।

चाडपर्व नजिकिए संगै सार्वजनिक सवारी साधनहरुमा यात्रुहरुको चाप तथा चालक र सह चालकले आफ्नो स्वास्थ्यको प्रभाव नगरी सवारी चलाउने गरेको पाईएकालेबढन् सक्ने दुर्घटना केही न्युनीकरण होस भन्नका लागी कार्यक्रम गरिएको जिल्ला ट्राफिक मकवानपुरले जनाएको छ ।

जिल्ला ट्राफिक मकवानपुरले जनाए अनुसार आखाँ परीक्षणमा सार्वजनिक सवारी साधनका चालकहरु ७६ जनाको आखाँको अवस्था सामान्य रहेको र २८ जनाको आखाँमा समस्या पाइएको छ ।

जसमा चस्मा लगाउनु पर्ने ११ छन् भने ८ जनामानसा सुन्नेको २ जना,नजिक कम देख्ने ३ जना,टाढा नदेख्ने ४ जनालाई आखाँको समस्या भएको पाइएको र सम्पुर्ण चालक, सह चालकहरुलाई नियमित आखाँ चेकजाँच सम्बन्धि परामर्श समेत दिईए पठाइएको हो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी अस्पताल मकवानपुरका डा.प्र.ना.उ. भवानी गुरुङ,ट्राफिक प्रमुख बसन्त आचार्य, सामुदायिक आँखा अस्पतालका डा. धर्मराज यादव , सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्‍याङका प्रहरी हवल्दार टोप ब. कुमाल, प्र.स.ह.निमा भण्डारी सहितको उपस्थितिमा बिभिन्न सवारी साधनहरु रोकेर चालकहरुको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।