हेटौंडा उपमहानगरपालिका द्धारा हेटौंडाको मुटु अनि व्यस्त रहने राप्ती रोडमा मंगलबार देखि तिहार बजार क्षेत्र बनाइएको छ ।

यसकारण पनि हिन्दु नेपालीहरुको महान चाड बडा दशैं पछिको तिहारको आगमन सूरु भएको संकेत देखिएको छ ।

बिभिन्न सामाग्री बिक्रि बितरणका लागि तिहार लक्षित गर्दै बजार क्षेत्र बनाइएको नगर प्रहरी प्रमुख नेत्र प्रसाद ढकालले बताए ।

हेटौंडा उपमहानगर मेयर, उपमेयर लगायतको आदेश अनुसारै बनाइएको बजारमा गुणस्तिरिय सामाग्री बिक्रि बितरण गर्न दिइने र मिठाइहरु खुला रुपमा बिक्रि बितरण गर्न नदिइने बताएका छन् ।