जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगर १५ शिखरपानी बस्ने १९ वर्षका साजन स्याङतानलाई नक्कली पेस्तोल देखाई धम्काउने गरेको आरोपमा नियन्त्रणमा लिएकोे हो।
प्रहरीले दिएको जानकारी अनुसार सोही एरियामा प्लास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने गरेको भन्ने पाएको सूचनाको आधारमा नक्कली पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका स्याङतानलाई थपअनुसन्धान कार्यका लागि बिहीबारबाट लागु हुने गरी सात दिनको म्याद थप भएको जिल्ला प्रहरी मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।