बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंंडा साँस्कृतिक मनोरञ्जन कार्यक्रम २०८० हुने भएको छ ।

स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनामा पहिलो पटक तिर्सना गुरुङको ब्याण्ड र भाइरल मानिएका ¥यापर जि बबको साङ्गीतिक प्रस्तुती सहितको साँस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको हो ।

विहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडा-९ स्थित औद्योगिक खेल मैदानमा आउदो कार्तिक २० गते देखी २८ गते सम्मका लागी कार्यक्रम गरिन लागेको संयोजक किरण लामाले बताएका छन् ।

लामाले बताए अनुसारकार्यक्रममा २० गते गायक धिरज राई, २२ गते प्रिति आले, २३ गते तिर्सना गुरुङको व्याण्डको दमदार प्रस्तुती रहने छ ।
अनुमानित २४ लाख खर्च हुने अनुमान रहेकोमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य वीरेन्द्र बहादुर जिम्बाको संरक्षणमा उक्त कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ ।

त्यस्तै गरी २४ गते लोक दोहोरी गायक रमेश प्रसाई र कल्पना दाहालको प्रस्तुती रहने छ ।

२५ गते गायिकाका ज्योति मगरको समेत प्रस्तुती रहने छ भने ¥यापर जिबबको प्रस्तुती भने २६ गते रहने संयोजक लामाले बताएका हुन् ।
कार्यक्रममा द पनम व्याण्डका साथै स्थानीय व्याण्डहरुको पनि प्रस्तुती रहने र प्रत्यक १ जनालाई एक सय रुपैयाँ शुल्क निर्धारन गरिने जेष्ठ नागरिक र १० वर्ष मूनिका बालबालिकालाई निःशुल्क प्रवेश गराइने भएको आयोजक संस्थाका अध्यक्ष सुशील मल्लले बताए ।

रमेश प्रसाई र कल्पना दाहाल आउने दिनमा १सय ५० रुपैया टिकट शुल्क लाग्ने तिर्सना गुरुङ र जिबबको प्रस्तुतीको दिनका लागि प्रतयक १ जनाको लागि तीन सय ५० शुल्क लाग्ने छ ।