जेसीआई हेटौंडा लेडीको जेसीजको आयोजनामा सप्ताह २०२३ कार्यक्रम हुने भएको छ।
मंलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आउदो कार्तीक १५ गतेदेखी १८ गतेसम्म विभिन्न कार्यक्रम गरिने भएको जानकारी गराइएको हो।
कार्यक्रम अन्तर्गत असोज १५ गते पहिलो दिनमा बिहान ७ बजे सलोनी बटाजुको संयोजनमा रक्तदान, दिउसो १ बजे पवित्रा गुरुङको संयोजनमा स्व. बुद्धरत्न शाक्य स्मृती खुल्ला वक्तृत्वकला प्रतियोगिता, १६ गते बिहान ७ बजे कसमारी लामाको संयोजनमा खाद्यन्न खाद्यन्न वितरण, दिउसो १ बजे रंजु पुडासैनीको संयोजनमा बैठक संचालन प्रणली तालिम, १७ गते बिहान ७ बजे पुजा बस्नेत लामाको संयोपनमा स्लो स्कुटी रेस, दिउसो १ बजे कुसु पण्डितको संयोजनमा स्व. बाशु प्रसाद पौडेल स्मृती शैक्षिक सामाग्री हस्तान्तरण,१८ बिहान ७ बजे मोनिका पौडेलको संयोजनमा सरसफाई समाग्री कस्तान्तरण गर्दै दिउसो २ बजे कार्यक्रम समापन गरिने अध्यक्ष डिलमाया घर्ती दिलुले बताइन।
कार्यक्रम अन्तरर्गत बिभिन्न कार्यक्रमहरु गरिएसंगै खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार र तृतियलाई २ हजार र स्लो स्लो स्कुटी रेसमा भने बिजेतलाई हेलमेट प्रदान गरिने बताइन्।



























प्रतिक्रिया दिनुहोस्