सांकेतिक तस्विर (गोगल बाट)

मकवानपुरको भिमफेदी गाँउपालिकामा स्कुटर दुर्घटना  हुँदा १ जनाको मृत्यु भएको छ ।

भिमफेदी गाँउपालिका-६ जुरीखेत स्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउदै गरेको स्कुटर आफै अनियन्त्रित भई बुधाबार करिब बेलुकी ५ बजेको समयमा  दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–२७, महावौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

मकवानपुर प्रहरीले जनाए अनुसार स्कुटर  अन्दाजी ५०-६० मिटर तल खसेको हो ।

घाइते भएकी थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार साँझ ७ बजेर २० मिनेटमा मृत्यु भएको हो भने सोही स्कुटर चालक मृतकको श्रीमान ६५ वर्षका शसिराज पाण्डे घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी बताए अनुसार दुर्घटनामा परेर तल खसेको, भौगोलिक बिकटताको कारण स्कुटरको नम्बर हेर्न नसकिएको  र बागमती प्रदेश ०२-०२७ प ४८४२ नं.को रहेको स्कुटर चालक मार्फत खुलेको हो ।