हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैं हामी माझ भित्री सकेको छ ।

विजया दशमी अर्थात बडा दशैं टीकाको साइत कार्तिक ७ गते मंगलवार बिहान ११ बजेर २ मिनेटको समय उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हिन्दु धार्मिक ग्रन्थ अनुसार आइताबार देखि नवरात्र प्रारम्भ भई आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ सुरु भएको मानिन्छ ।

मंगलबार बिहान ११ बजेर २ मिनेटको साइतमा टिका ग्रहण गर्नु उत्तम मानिएको हो।

विशेष गरि यही दशैमा मिठो खाने र राम्रो लगाउने सपना बुन्नेहरुले ताक्ने गरेको बजारमा भनेजस्तो चहल पहल भएन भन्दै व्यवसायहिरुले गुनासो पोखेका छन्।

यसैक्रममा बागमती प्रदेशकै राजधानी हेटौंडा बजार क्षेत्रका व्यवसायीहरुले उत्साहजनक ग्राहक नपाएको र यसपाली निराशाजनक भएको बताएका छन् ।

दशै सूरु भएपछि शनिबार फुलपातीका दिनमा बजारमा थोरै घुइचो देखिएपनि साँझदेखि घुइचो घटेको थियो ।
बिगतका दिनमा सडकै भरिने गरि भिड हुने बजार क्षेत्रमा न्युन नै देखिएको हो ।

उपभोग्य बस्तु खाद्यन्न पसल देखि कपडाका पसल,जुत्ता चप्पल, इलोक्ट्राृनिक्स पसल, कस्मेटिक पसलहरुमा घुइचो हुने दिन मानिए पनि यसपाली ग्रहाक पाइएन भन्दै दुखेसो पोखिरहेका छन् ।

देशमा चलृेको आर्थिक मन्दी, बैंकंको व्याजमा वृद्धि, किस्ता तिर्ने समय नथपिनु अनि दशैंको माहोल जस्तो नै नबन्नुले चुनौतीहरु थपिएर दुर्भाग्य बन्यो भन्दै व्यवसायीहरुले गुनासो पोखि रहेका हुन् ।

बिगतको दिनलाइ स्मरण गर्दै घटस्थापना सुरु हुनु भन्दा १५ दिन अघिनै ग्राहकहरुले भिड हुने गरेको भएतापनि अहिले ग्राहक नपाउदा आर्थिक पक्षमा झनै संकट थपिएको बताएका हुन् ।

देशमा चलृेको आर्थिक मन्दी, बैंकंको व्याजमा वृद्धि, किस्ता तिर्ने समय नथपिनु अनि दशैंको माहोल जस्तो नै नबन्नुले चुनौतीहरु थपिएर दुर्भाग्य बन्यो भन्दै गुनासो पोखि रहेका हुन् ।

व्यसायहरु भन्छन् “ग्राहक कुरिरहेका थियौं । छौं । केही होलाकी भन्ने आशमा तर, भने जस्तो भएन ।”